नवलपरासी, १० माघ ।
नवलपरासीकाे बहुचर्चित धार्मिक एवम पर्यटकिय स्थल त्रिवेणीधाममा वर्षेनी आयाेजित हुंदै आएकाे माघे ओैँसी मेला यस वर्ष स्थगित गरिएकाे छ ।
वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, समाजसेवी र सुरक्षाकर्मीहरूकाे बसेकाे संयुक्त बैठकद्वारा काेभिड १९ काे वढदाे प्रभावलाइ मध्येनजर गर्दै मेला स्थगन गरिएकाे हाे ।
पुर्वी नवलपरासी जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ काे क्षेत्रमा पर्ने त्रिवेणीधाममा नेपालकाे विभिन्न जिल्लाका साथै भारतकाे बिहार तथा उत्तरप्रदेशका श्रद्धालु भक्तजनहरू आउने गरेका थिए ।
यस निर्णयले श्रद्धालु भक्तजनका साथै व्यापारीहरू प्रभावित हुने भएका छन् ।

काेभिडका कारण विगत २ वर्षदेखि माघे ओैँसीमा लाग्ने याे मेला अायाेजन हुन पाएकाे छैन । काेभिड १९ काे बढदाे लहरका कारण सुरक्षाकाे दृष्टिकोणले यहि माघ १८ गते लाग्ने ओैँसीमेला स्थगन हुन गएकाे छ ।






