रमेश बहादुर सिह बझाङ ।
कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयन समन्वय सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज कृषि विकास निर्देशनालय डोटीको आयोजनामा जिल्लामा कृषि क्षेत्रमा भएका कार्यक्रमहरुको प्रस्तुती र त्यसको प्रभावकारिताका बारेमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, पालिकाका कृषि शाखा प्रमुख, जिल्लाका अगुवा कृषक र सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सन्चालन भएको थियोे । जिल्लाको संक्षिप्त परिचयको आधारमा जिलाको कुल खेतीयोग्य जमिन हेक्टर ३४६०७ रहेको छ भने खेती गरिएको क्षेत्रफल २८२१४ छ भने कृषि पेसामा निर्भर जनसंख्या ९६ रहेको बताइएकाे थियाे । जसमा प्रति कृषक परिवार खेतीयोग्य जग्गा ०.९छ ।
कृषिमा सरकारले लगानी थपे पनि प्रदेश सरकार बाट आउने हेरेक कार्यक्रम पावरको आधारमा दिने गरेको वास्तविक कृषकको भनाइ रहेको थियो । कृषिका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन र त्यसको अनुगमनमा जिल्ला कृषि ज्ञान केन्द्रले मात्र जोड दिइएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा सहभागीहरुले कृषी लक्षित कार्यक्रमकहरु वास्तबिक किसानसम्म नपुगेको बताउँदै अगामी दिनमा यसको योजना तर्जुमा प्रकृयालाई फरक ढंगले गर्नु पर्ने बताएका छन् । कार्यक्रममा सहभागी स्थानीय तथा सुर्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक् प्रसाद जोशीले वर्षेनी गाउँपालिकाले धेरै बजेट विनियोजन गरे पनि सहि कृषकले पाएको छैन ।
कृषिका कार्यक्रममा सुर्मा गाउँपालिकाले मात्र १ करोड भन्दा बढी बजेट छुटाएको छ।तर एकै व्यक्तिले अनुदान लिने तर काम नगरि बजेट पचाउने प्रक्रियाले कृषि क्षेत्रमा सरकारले अपेक्षा गरे अनुसारको उपलब्धि हासिल गर्न नसकिएको बताए । कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले पछिल्लो समयमा जिल्लामा कृषी लक्षित कार्यक्रमको प्रभावकारीता र उपलब्धी देखिएको बताए ।
उनले बझाङ जिल्ला अहिले आलुमा आत्म निर्भरको बाटोमा रहेको बताउँदै जिल्लामा गएको बर्ष देखि सबै भन्दा आलुमा राम्रो उपलब्धी देखिएको समेत बताएका छन् । आफुले हरेक कार्यक्रम को अनुगमन गरेर मात्र रकम दिने गरेको उहाँको भनाइ रहेको छ । जिल्लाका १२ वटा पालिकाको प्रमुख तथा वास्तविक कृषक सग छलफल गरेर आफुले कार्यक्रम गरेको बताए ।यो बर्ष मात्र बझाङको आलु भाङ्गो तिखुलो आदि बस्तु धनगढीको महसत्वमा लिएर ३० लाख सम्मको बिक्री गरेको थियो ।अब लगतै महेन्द्रनगरमा लाग्ने महसत्वमा पनि बझाङ जिल्ला को स्थानीय पहिरन झल्काउने कोदो पाफर लगाएतको सामान लिने उहाले बताएका छन।
एकदिने अन्तरक्रिया कार्यक्रममा कृषी विकास निर्देशनालय डोटीका केशब पाण्डेले प्रदेश तथा संघबाट आएका कृषी लक्षित कार्यक्रमहरुको कार्य पत्र प्रस्तुत गर्नु गरेका थिए । त्यसै गरि जिल्ला कृषि ज्ञान केन्द्र, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाले समेत कार्य पत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रम मा जिल्ला समन्वय का प्रमुख नर बहादुर बोहराले पनि जिल्ला कृषि ज्ञान केन्द्र लाई जिल्लामा सबैभन्दा राम्रो काम गरेको र अब को दिनमा पनि अझै राम्रो काम हुने अपेक्षा राखेको छ।जिल्ला को हरेक पालिकामा पुगेर कार्यालय प्रमुखले आफै कृषको बारि सम्म पुगेर कृषकलाई हौसला समेत दिएको बोहराले बताए ।
















