मृत अवस्थामा फेला  

15
file pic

काठमाडौं, ६ माघ

ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित खोला छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, धनगढीमाई नगरपालिका-११ स्थित प्राकृतिक अस्पतालको बराण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, राईनास नगरपालिका-७ बिरौटास्थित ईस्ति योगो वाटर प्रालिमा काम गर्ने सोही ठाउँ बस्ने ६९ वर्षीय पदम बहादुर भुजेल आफनै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।