24.6 C
New York
Wednesday, March 11, 2026

Buy now

spot_img
spot_img

गोरखामा रात्रिबस दुर्घटना, २१ जना यात्रु घाइते

- Advertisement -

गोरखा ।
काठमाडौँबाट गोरखाको आरुघाट–सोतीतर्फ गइरहेको एक रात्रिबस गोरखामा दुर्घटनाग्रस्त हुँदा २१ जना यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा भएको हो।

बा०१–००६ख ४१३१ नम्बरको बस सडक छेउमा अनियन्त्रित भई दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बसमा सवार २२ जनामध्ये २१ जना यात्रु घाइते भएका छन्। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले तत्कालै घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाएका थिए। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जानकारी दिएको छ।

बस किन र कसरी दुर्घटनामा पर्‍यो भन्नेबारेमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरबाही वा सडक अवरोधका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

यसैबीच, प्रहरीले लामो दूरीका यात्रामा सवारी साधन सञ्चालन गर्दा चालकले गति नियन्त्रण गर्नुपर्ने, यात्रुहरूले पनि सुरक्षा सचेतना अपनाउनुपर्ने र सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme