23.4 C
New York
Thursday, June 25, 2026

Buy now

spot_img
spot_img

पदाधिकारीको मतदान राति ९ बजे, नतिजा मध्यराति हुने

- Advertisement -

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनको कार्यतालिका पाँचौँ पटक संशोधन गरिएको छ। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ भएपछि निर्वाचन समितिले नयाँ कार्यतालिका प्रकाशन गरेको हो।

संशोधित कार्यतालिकाअनुसार दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि बिहीबार राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदान गरिनेछ। निर्वाचनको अन्तिम नतिजा राति १ः३० बजे सार्वजनिक गर्ने तालिका तय गरिएको छ।

यसअघि पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म हुने जनाइएको छ। उम्मेदवारीमाथिको दाबी–विरोध प्रक्रिया राति ८ बजेका लागि निर्धारण गरिएको छ।

रास्वपाका सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अब बाँकी रहेका दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

यद्यपि, पदाधिकारी चयनका लागि सहमतिको प्रयाससमेत जारी रहेकाले सम्बन्धित पदहरूमा निर्वाचन नै नहुने सम्भावना रहेको नेताहरूले बताएका छन्।

रास्वपाको विधानअनुसार सभापतिले एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।

पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान छ। सातै प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन् भने केन्द्रीय समितिका ५१ सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई प्रदान गरिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme