विधुतलाई उपभोक्तले उत्पादनमूखी कार्यमा लगानी गर्न जरुरी रहेकोः लुम्बिनी प्रदेश सांसद
शत्रुघन खरविन्द, कपिलवस्तु । सामुदायिक विधुत वितरक संस्था जगदीशपुरको १४औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा रहेको सामुदायिक विधुत वितरक संस्था कार्यालयमा आज एक कार्यक्रमको बीच १४औँ वार्षिक साधारण सम्पन्न भएको हो ।
विधुत वितरक संस्था अन्तर्गत गृहस्थ तर्फ ९ सय १६, सिचाई तर्फं ७१, उधोगतर्फ १२, मंदिरमा ८, विद्यालयमा ६ गरी कुल ग्रहक संख्या १ हजार १३ जना रहेको संस्थाका सचिव शिवपुजन यादवले जानकारी दिनुभएको थियो ।
वि.स.२०६० सालमा स्थापना भएको सामुदायिक विधुत वितरक संस्था जगदीशपुरले आर्थिक वर्ष २०७८ र ०७९ मा ७८ लाख ८१ हजार ६२ रुपैया २७ पैसाको आय (व्यय विवरण संस्थाकी कोषाध्यक्ष देवी भण्डारीले प्रस्तुत गरेकी थिइन् ।
सर्व सुलभ तरिकले घरआगनमा विधुत महसुल बुझाउन पाउदाँ समयको बचत भएको र संस्थालाई अगमी दिनमा आगडी बढाउन सबैले सहयोग गारे मात्रै सम्भाव हुने संस्थाका सल्लाहकार ईन्द्र प्रसाद हरिजनले बताउनु भएको थियो ।
सामुदायिक विधुत वितरक संस्थालाई आगडी बढाउन विधुत प्रधिकरण तौलिहवा शाखाबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको राजेश कुमार झा ले बताउनु भएको थियो ।
संस्थालाई अगाडि बढाउन कपिलवस्तु नगरपालिकाबाट सहयोग गर्ने कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो । पछिल्लो समय विधुत उत्पादन बृद्धिमा नेपालको गर्वकाे विषय रहेको लुम्बिनीे प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको थियो । विगत दिनहरुमा हामी १८ घण्टा सम्म लोडसेटिंग भोगिसकेका छाैं तर अहिले विधुतमा लगभग आत्मनिर्भार हुने अवस्थमा रहेको प्रदेश सांसद पन्थीले बताउनु भयो ।
हामी उत्पादित विधुत अन्य देशमा निर्यात गर्ने स्थितिमा पुगी सकेका र छिटै नै थाप विधुत उत्पादन हुने भएकोले उत्पादनमूखी कार्यमा लगाउन सके देश नै आत्मनिर्भार हुने पन्थीको भनाई रहेको थियो । विधुतलाई उपभोक्तले उत्पादनमूखी कार्यमा लगानी गरी फाइदा लिन जरुरी रहेको उहाँले जोड दिनुभएको थियो । सड्क पेटिमा विधुत पोल जडन गर्दा अगामी दिनमा सड्क विस्तारको दिगोपनलाई ध्यान दिएर जडन गर्न उहाँले सुझवा दिनु भएको थियो ।
हामी बुद्ध भगवानको ठाउँमा बसाेबास गरेर विधुत चोर्नु भनेको दुःखको कुरा रहेको बताउदै विधुत चुहावट रोक्नको लागि सबैले हातेमलो गरेर अगाडी बढान जरुरी रहेको प्रदेश सांसद पंन्थी आग्रह गर्नु भयो । उपभोक्तबाट आएको प्रश्नको ग्रहण गर्दै अगामी दिनमा संस्थालाई आझै व्यवस्थित गरेर अगाडी बढने संस्थाका अध्यक्ष डा.अब्दुल रसीद खाँ प्रतिबद्धाता जनाउनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष डा.अब्दुल रसीद खाँ को अध्यक्षता र लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पान्थीको प्रमुख अतिथतामा भएको थियो । कार्यक्रममा कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल र नेपाल विधुत प्रधिकारण कपिलवस्तु तौलिहवा वितारण शाखाका प्रमुख राजेश कुमार झा को विशिष्ट अतिथता रहेको थियो ।
अतिथिहरुमा वडा अध्यक्षहरु, वडा सदस्याहरु, विद्यलायका प्रतिनिधि, विभिन्न समितिका पदअधिकारी, संस्थाका संचलक समितिका पदआधिकार लगायत रहनु भएको थियो । कार्यक्रममा संस्थाका संचलक समितिका पदआधिकारी, उपभोक्त, ग्राहक, कर्मचारी, सल्लाहकार, सरोकरवाला, पत्रकार लगायतको सहभागिता रहेको थियो । संस्था उपाध्यक्ष गेविन्द पौडेलको स्वाग्त र सचिव शिवपुजन यादवको संचालनमा कार्यक्रम भएको थियो ।
















