७६ हजार २ सय मुल्य बराबरको अवैध कुखुरा र दाना बरामद
नवलपरासी । जिल्ला प्रहरीले सुक्रवार रामग्राम नगरपालिका वडा नं. १६ माउखोलाबाट ३४ हजार २ सय मुल्य बराबरको ९० जिउ बोईलर कुखुरा फेला पारेकाे छ । बरामद गरिएकाे साे सामान आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको जनाएकाे छ।
त्यसैगरी आजै बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुर र प्रहरी चौकी गेर्मीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ भगतपुरा स्थित साबिर मियाको फुसले छाएको छाप्रोमा अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको ४२ हजार मुल्य बराबरको ७० बोरा गाई भैंसीलाई खुवाउने दाना फेला पारी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको समेत जनाइएकाे छ ।





