11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

निर्दयतापुर्वक कुकुरहरु मारी सामाजिक संजालमा पोष्ट गर्ने व्यक्तिहरु पक्राउ

- Advertisement -


नवलपरासी पश्चिम ।
सुस्तामा ५ वटा कुकुरको बच्चा र १ वटा माउ कुकुर समेतलाई निर्दयतापुर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भाइरल भएपछि नवलपरासी प्रहरीले घटनामा संलग्न व्यक्ति पक्राउ गरि कार्वाही चलाएकाे छ ।

सूक्ष्म रुपमा बुझ्दै जांदा सो घटना नवलपरासी (ब.सु.प) सुस्ता गा.पा. ५ बेलवानी बस्ने बर्ष अं. ३३ को राज कुमार सारु मगर र वर्ष २८ को अमन कुमार चिडी मगरले गराएकाेले उनीहरूलाइ पक्राउ गरि कार्वाही चलाएकाे हाे ।

सुस्ता गा.पा. ५ नारायणी नदिको छेउ ठाढिघाट स्थित ५ नं. ठोक्करमा पुष १३ गते करिब साढे ४ बजेको समयमा ती कुकुरहरूलाइ नर्मम तवरले मगरले मारेकाे र स्थानीय वर्ष २८ को अमन कुमार चिडी मगरले भिडियो बनाई आफ्नो सामाजिक संजाल फेसबुक आईडीबाट पोष्ट गरेको खुल्न आएको छ ।
निजहरुको उक्त कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन देखिदा सो कसुरमा संलग्न दुबैजनालाइ पुष १७ गते आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिई जिल्ला अदालत परासी, नवलपरासी (ब.सु.प) बाट पशुपन्छी सम्बन्धी कसुरमा दिन (७) म्याद थप भई इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी (ब.सु.प) बाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme