7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

रौतहटमा प्रदर्शन तीव्र, चन्द्रपुर नगरपालिकामा आगजनी

- Advertisement -

रौतहट, भदौ २४ ।
देशभर जारी आन्दोलन आज बिहानदेखि झन् आक्रामक बनेको छ । सोमबार भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि विभिन्न स्थानमा कर्फ्यू जारी भए पनि प्रदर्शन तीव्र बनेको हो।

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आज बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। यस्तै, रौतहटकै इन्द्रिस गेट क्षेत्रमा विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरेका छन्।

यमुनामाई माध्यमिक विद्यालयका विद्यार्थीहरू गौर–चपुर सडक खण्डमा शेख इद्रिस गेट नजिक उत्रिएर टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन्।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गरेको जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme