7.3 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग

- Advertisement -

काठमाडौं । जेनजीले वार्ताका लागि ६ बुँदे माग सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले संवादमा आउन गरेको आह्वानपछि जेनजीले औपचारिक रुपमा आफ्ना माग अघि सारेका हुन्।

मागअनुसार, विगत तीन दशकमा लुटिएको सम्पत्तिको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेछ। यस्तै शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थामा संरचनागत सुधार र पुनर्गठन गर्नुपर्ने जेनजीको माग छ।

त्यसैगरी, वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई सम्बोधन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग गरिएको छ। यो सरकार असफल भइसकेका दलहरूको प्रभावबाट स्वतन्त्र रहनुपर्ने र हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाको ग्यारेन्टी गर्ने तथा राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने भनिएको छ। यसका लागि सेना, प्रहरी र सशस्त्र निकायलाई पुनः जनसेवामा उन्मुख गरिनुपर्ने उल्लेख गरिएको छ।

जेनजीले प्रतिनिधि सभा जनताको विश्वास गुमाइसकेकाले तत्कालै विघटन गर्नुपर्नेमा जोड दिएको छ। साथै राजनीतिक संक्रमणलाई स्पष्ट बनाउन संविधान पुनरावलोकन वा पूर्ण पुनर्लेखन आवश्यक रहेको र यस प्रक्रियामा नागरिक, विशेषज्ञ तथा विशेषगरी युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ। अन्तरिम अवधिपछि स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व कायम गर्नुपर्ने जेनजीको भनाइ छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme