नवलपरासी ।
नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं. १ ख प्रदेश कार्य समितिले आज एक विज्ञप्ति प्रकाशन गरि प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी गरेका देवकरन प्रसाद कलवार सन्तु नै नेपाली काँग्रेस आधिकारिक उम्मेदवार रहेकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ ।
हिजाे कार्तिक १३ गतेका दिन परासीमा जिल्ला स्थित सत्ता गठबन्धन दलबाट जारी प्रेस विज्ञप्तिमा ध्यानाकर्षण भइ प्रदेश सभा १ ख सभापति अनुरेस कलवारकाे सभापतित्वमा १४ गते बसेकाे बैठकले देवकर प्रसाद कलवार सन्तु नै नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार रहेकाे सर्वसम्मत निर्णय गरेकाे छ । बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा हिजाे जारी भ्रामक विज्ञप्तिकाे भ्रममा नपर्न तथा देवकरन प्रसाद कलवारलाइ रूख चिन्हमा मतदान गर्न आह्वान गरेकाे छ ।

बैठकमा जिल्ला कार्य समितिका सचिव, सदस्य, संघिय क्षेत्रिय कार्य सिमित, प्रदेश कार्य समिति, पालिका कार्य समिति, वडा कार्य समिति र मतदाता नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
गठबन्धनदलका तर्फबाट भ्रामक खबर फैलाइ चुनावकाे नतिजा प्रभावित पार्नका लागि यस चुनाव अवधिमा पटक पटक भ्रामक खबर फैलाउने र नेपाली काँग्रेसका मतदातालाइ अलमलाउने दुस्प्रयास भइरहेकाेले सजग रहन नेताहरूले आग्रह गरेका छन् ।





