20.4 C
New York
Sunday, May 19, 2024

Buy now

spot_img
spot_img

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि नेसपाको जनपरिचालन अभियान

spot_img
spot_img

काठमाडौँ — नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको चयनको व्यवस्था हुनुपर्ने माग गर्दै जनपरिचालन अभियान सुरु गरेको छ । ‘म चुन्छु मेरो राष्ट्रपति’ र ‘म चुन्छु मेरो मुख्यमन्त्री’ भन्ने नाराका साथ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय र मुख्यमन्त्रीय शासकीय व्यवस्थाको पक्षमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

नेसपा अध्यक्ष एवं पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थायित्वका लागि अभियान चलाउन लागेको बताए । त्यस्तै नेसपाले संघीयतालाई पूर्णता दिन पुनर्सिमांकन गर्नुपर्ने अभियान चलाउने भएको छ ।

‘पहिचान तथा समावेशी पहुँच अभियान’ अपूर्ण संघीयतालाई पूर्णता प्रदानको लागि संघीयताको पुनर्सिमांकनको र राज्यको हरेका निकाय र तहमा सबै राष्ट्रियता, क्षेत्रियता, भाषिक, लैगिक, धार्मिक तथा अल्पसंख्यक समावेशी समानुपातिक पहुँचका लागि’ कार्यक्रम घोषणा गरेको छ ।

भ्रष्टाचार अन्त्यका लागि जनलोकपाल गठन गर्न सरकारलाई दबाब दिने भएको छ । ‘अन्त्य गरौं भ्रष्टाचार, बनाऔं समृद्धिको आधार’ शक्तिशाली जनलोकपाल गठनको लागि जनदबाब दिने जनाएको छ ।

नेसपाको १४ बुँदे अभियानमा शिक्षामा सुधार गरी सबैलाई बराबर अवसर, सबैलाई निःशुल्क स्वास्थ्य सेवा, संस्कृति र सांस्कृतिक सम्पदा संरक्षण, उन्नत संस्कृति र सांस्कृतिक सम्पदाको हस्तान्तरण, संविधानप्रदत्त अधिकार (जमिन, शिक्षा, छुवाछूतको अन्त्य) को कार्यान्वयन समानुपातिकताको कार्यान्वयन, वर्ण व्यवस्थाको उन्मूलनका निम्ति धार्मिक–सांस्कृतिक अभियान चलाउने निर्णय गरेको छ ।

त्यस्तै, श्रम शोषणविरुद्ध हाम्रो अभियान, स्वदेशी उद्योगको प्रवर्द्धन र मजदुरहरूको अभियान, विदेशबाटै मतदान गर्न पाउने निर्वाचन कानुनको कार्यान्वयनमा दबाब, किसानले आफ्नो उत्पादानको मूल्य आफै तोक्ने अधिकार र नेपाली उत्पादनको उपभोग गर्न कृषिउपज आयात कार्य नियन्त्रण गर्न र वैज्ञानिक भूमिसुधारको लागि दबाबमूलक अभियान सुरु गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme