पप्पु रेग्मी, बर्दघाट
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा गठबन्धन प्यानलका उमेदवार बिजयी भएका छन् । नगर प्रमुखमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बिजयी भएका छन भने उपमेयरमा माओबादी केन्द्रका रुद्र प्रकाश उपाध्याय बिजयी भएका छन ।
बर्दघाट नगरमा मेयर पदमा सम्भुलाल श्रेष्ठले १८,४८९ मत प्राप्त गरेका थिए भने निकटम प्रतिद्वन्दि नेकपा एमालेका उमेदवार एवम् बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्यालले १३,३२७ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसका सम्भुलाल श्रेष्ठले ५,१६२ भारी मत प्राप्त गरी बिजयी भएका छन । त्यसै गरी बर्दघाट नगरको उपमेयर पदमा माओबादी केन्द्रका ऊम्मेदवार रुद्र प्रकाश उपाध्यायले १४,५९५ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दि नेकपा ऐमालेको उम्मेदवार तारा रानाले १३,८१० मत प्राप्त गरेकी थिईन । यस बर्दघाट नगरको उपमेयर पदमा माओबादी केन्द्रका रुद्र प्रकाश उपाध्यायले ७८५ मत बढि प्राप्त गरी बिजयी भएका हुन ।
यस नगरमा १६ वटा वडामा वडा अध्यक्षमा नेपाली कांग्रेसले क्रमशः १, २, ४, ५, ६, ७ , १०, ११, १२, १४ र १६ नम्वर वडाका वडा अध्यक्ष पदमा बिजयी भएका छन । यसै गरी नेकपा ऐमालेले क्रमशः १३ र १५ नम्वर वडामा वडा अध्यक्ष पदमा बिजयी भएका छन । यसै गरी एकिकृत समावेसी पार्टिले एउटा वडा, वडा नम्वर ९ वडामा वडा अध्यक्ष पदमा बिजयी भएको छ ।
यसै गरी नेपाली कांग्रेस परीत्याग गरी वडा नम्वर ३ मा स्वतन्त्र उम्मेदवारी गरेका प्रकाश चन्द्र अधिकारीले वडा अध्यक्ष पदमा बिजयी भएका छन । बर्दघाट नगरमा कांग्रेसले माओबादी केन्द्र, एकिकृत समाजबादि र जनमोर्चा स’ग तालमेल गरेको थियो भने एमालेले जनमुक्ति पार्टी संग चुनावि तालमेल गरेको थियो ।
जनताको मत प्राप्त गरी बिजयी हुनु भएका सबै उम्मेदवारहरूलाई सफल कार्यकालको शुभकामना ।





