24.8 C
New York
Wednesday, March 11, 2026

Buy now

spot_img
spot_img

गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

- Advertisement -

बर्दघाट, ३ भदौ २०८२ ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम आम्बास प्राथमिक विद्यालय बर्दघाट नगर पालिका वडा नम्बर २ आम्बास पश्चिम नवलपरासीमा सम्पन्न भएको हाे ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन प्रसाद दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमकाे प्रमुख अतिथि थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरका अध्यक्ष देवानन्द सिंह फौजदारले बाेल्दै, भाषाभाषी संस्कृति र सम्पदाको संरक्षणका लागि शिक्षा अपरिहार्य भएको उल्लेख गर्दै विद्यार्थीलाई हृदयदेखि हृदयसम्म ज्ञान प्रवाह गर्ने माध्यम शिक्षा मात्र भएको धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा केन्द्रका सदस्य राधेश्याम चौधरीले नेपालभर कार्यक्षेत्र विस्तार गरी भूमिहीनलाई आवास, अपाङ्गता भएका नागरिकलाई सहयोग र जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो।

विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले सामग्री वितरणले विद्यार्थीको मनोबल र अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा ३९ विद्यार्थीमध्ये १८ जना छात्र र २१ जना छात्रालाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको थारु मिलन केन्द्रकी सदस्य सन्ध्या चौधरी ले जानकारी दिनुभयो।

कार्यक्रममा थारु मिलन केन्द्रकी केन्द्रीय सदस्य आशिका कुमारी चौधरी, लेखा समिति सदस्य अञ्जली चौधरी, आशिकी चोैधरी, गीता चोैधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत अञ्जली चौधरीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव शत्रुधन चौधरीले गर्नुभएको थियो।


spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme