काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच चुनावी रणनीतिक याेजनाका बारेमा अग्रिम तयारीका लागि भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनमा त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरे ।
सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गर्दै भने ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ । ‘अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिएपछि पार्टीकाे बैठकबाट यसबारे निर्णय लिइने बताए ।





