पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ मा देखा परेकाे खतरनाक जंगली जनावर चितुवा काे ज्यान गएकाे छ । सनिवार बिहान देखिएकाे चितुवा दिउंसाे रूखमा चढेर ज्यान जाेगाएकाे थियाे ।
स्थानीयद्वारा बिहानैदेखि लखेटिएपछि गाउं नजिकैकाे रूखमा चढेर बसेकाे थियाे ।
रूखमा बसेकाे चितुवालाइ हेर्न स्थानीयवासीकाे भीड लागिरह्याे । स्थानीय प्रहरिले सुरक्षा दिइरहेकाे थियाे ।
रूखमा चढेकाे चितुवा विस्तारै तल झरेर भुंइमा सुतिरहेकाे थियाे ।
चितुवा नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालयकाे टीमले चितुवालाइ मरेकेा अवस्थामा बरामद गरेपछि शव पाेष्टमार्टमका लागि लगिएकाे वनका कर्मचारीले जनाएका छन् ।
चितुवा घाइते भएर मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।





