11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

त्रिनेत्रेश्वर धामकाे अधिवेशन सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, त्रिनेत्रेश्वर धाम निर्माण तथा संरक्षण समितिकाे ११औ साधारण सभा तथा चौथो अधिवेशन बर्दघाट-७ जिमिरेभार पश्चिम नवलपरासीमा शनिबार सम्पन्न भएको छ । समितिकाे अध्यक्ष लेखनाथ न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएको साे अधिवेशनले रामनारायण श्रेष्ठकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समितिकाे निर्विरोध चयन गरेकोे छ ।

जसको वरिष्ठ उपाध्यक्षमा केवल प्रसाद पाैडेल, वरिष्ठ उपाध्यक्ष ( महिला तर्फ ) हरिमाया भण्डारी, महासचिव उमादेवी अधिकारी , सचिव पाेषचन्द्र देवकोटा, काेषाध्यक्षमा गाेपाल प्रसाद पाैडेल चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा क्रमशः चन्द्र कान्त ढकाल, विष्णु प्रसाद चापागाईं, मिना पाैडेल, लक्ष्मी सापकोटा, अप्सरा श्रेष्ठ, विष्णु वस्याल न्याैपाने, दण्डपानी न्याैपाने लगाएतआज चयन हुनुभएको छ भने अन्य सदस्य पदहरूमा कार्य समितिले पछि चयन गर्ने निवर्तमान अध्यक्ष लेखनाथ न्याैपानेले बताउनुभयो ।

त्यसैगरी समितिको संरक्षकमा होमनाथ ढकाल र नवराज श्रेष्ठ रहनु भएको छ । समितिको प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष लेखनाथ न्यौपाने र सल्लाहकारमा विश्वप्रेम पाठक , वृहस्पति अधिकारी, विष्णु प्रसाद पाण्डे, रमेश ज्ञवाली, मिलन श्रेष्ठ र विद्या लक्ष्मी श्रेष्ठ रहनु भएको धामका पूर्व महासचिव बसन्त रेग्मीले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme