24.8 C
New York
Wednesday, March 11, 2026

Buy now

spot_img
spot_img

नवलपरासी–काठमाडौँ सम्पर्क समन्वय समितिको नयाँ नेतृत्व चयन

- Advertisement -

काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । शनिबार राजधानी काठमाडौँको बबरमहलमा सम्पन्न अधिवेशनले अर्जुन विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नव-निर्वाचित कार्यसमितिमा डा. करुणेश पटेल उपाध्यक्ष, लक्ष्मी पौडेल सचिव, र भावना के.सी. कोषाध्यक्ष पदमा चयन हुनु भएको छ ।
त्यस्तै, विनोद यादव, शिव गिरी, अस्मिता गुप्ता लगायत सदस्यहरू चयन भएका छन् । समितिका निवर्तमान अध्यक्ष रिंकी पंगेनीले नयाँ नेतृत्वको जानकारी दिनुभयो ।
उदघाटन सत्रमा  पार्टीका केन्द्रीय सदस्य मान बहादुर बुढा मगरले बाेल्दै, नयाँ नेतृत्वलाई बधाई दिँदै, जनताको भावना अनुसार कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य सीता देवी बौडेल, केन्द्रीय सदस्य गीता गहतराज, सम्पर्क समन्वय समिति उपाध्यक्ष सुनिता रोकाया, लुम्बिनी प्रदेश सम्पर्क समिति अध्यक्ष उदयराज अधिकारी तथा वाइसिएल केन्द्रीय उपाध्यक्ष केयर सिंह कुवँर लगायतले पार्टी अनुशासनमा रही जनतासँग सहकार्य गर्दै अघि बढ्दा संगठन अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएकाे लक्षमी पाैडेलले बताउनुभयो  ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme