फेला पर्याे तारा एयरकाे विमान

89

 हिजो आईतवार बिहानबाट हराई रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मानापाथी हिमालको फेदमा फेला परेको छ।

हिजो बिहान  बिहान १० बजेबाट हराई रहेको उक्त जहाज अपरान्ह ३ बजे स्थानीयले दिएको सूचनाका आधारमा मुस्ताङको मानापाथी हिमाल क्षेत्रमा पुगेको उद्धार टोलीले उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला पारेको हो।

पोखराबाट मुस्ताङको जोमसोमका लागि चालक दलका ३ जना र १९ यात्रु सहित २२ जना लिएर उडेको तारा एयरको ९एन एइटी जहाज अवतरण हुनै लाग्दा सम्पर्क बिहिन भएको थियो।

जहाज मुस्ताङको थासाङ गाउपालिका वडा नं २ स्थीत कोवाङलेकमा रहेको मानापाथी हिमालको फेदि सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ  पहाडको टाकुरोमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताईएको छ।

थासाङ गाउपालिकाका उपाध्यक्ष सोमल हिराचनका अनुसार दुर्घटनाका कारण आगो लागेर क्षतबिक्षत भएको जहाजका यात्रुहरु जलेर चिन्न नसकिने अवस्थामा रहेको स्थानीयले बताएका छन्।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार उक्त जहाज बिहान १० बजेर १५ मिनेटमा बजे अवतरण गर्ने समय तालिका थियो। पोखराबाट सँगैसँगै आइरहेको दुई जहाज मध्ये समिट एयरको जहाज बिमानस्थलमा अवतरण गरेपनि तरा एयरको जहाज भने सम्पर्कमा आएको थिएन।

जहाजलाई त्यस क्षेत्रमा नियमित उडाई रहेका अनुभवी क्याप्टेन प्रभाकर घिमिरेले उडान गरेका थिए।

बिमानस्थल श्रोतका अनुसार १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा अर्थात १२ मिनेट अघि नै सम्पर्कविहीन भएको देखिन्छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली थिए।