8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा दुई दिने ‘एक घर एक करेसाबारी’ कार्यक्रम सम्पन्न

- Advertisement -

पप्पु रेग्मी ।
उत्साह नेपाल, बर्दघाट पश्चिम नवलपरासीको आयोजनामा र बर्दघाट नगरपालिका, नगर कार्य पालिकाको कार्यालयको समन्वयमा दुई दिने ‘एक घर एक करेसाबारी’ कार्यक्रम बर्दघाट ४ बाढीपीडितमा सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाकी अध्यक्ष धनमाया गिरीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमकाे उदघाटन समारोहमा नगर प्रमुख श्रेष्ठले बाेल्दै, विषाक्ति तरकारी सेवनका कारण विभिन्न रोग लाग्ने सम्भावना उच्च हुने भएकाले, धेरै जग्गा नभए पनि आफ्नै घरको कौसीमा गमलामा तरकारी रोपेर अर्गानिक तरकारी उपभोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले स्वस्थ जीवन शैलीकालागि करेसाबारीकाे अभ्यासलाई आवश्यक र उपयोगी कदमको रूपमा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सहजकर्ता खुमाकान्त न्यौपाने रहनु भएको कार्यक्रममा उषा नेपाल, अन्जना गिरी, शर्मिला शाही, सरिता ढकाल लगायतका वक्ताहरूले कार्यक्रमको महत्वबारे आफ्ना विचार राखेका थिए ।
संस्थाकी उपाध्यक्ष गंगा पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव कौसिल्या (कला) कुमारी न्यौपानेले सञ्चालन गर्नु भएको थियो । उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा ५० जनाको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme