16.9 C
New York
Monday, May 12, 2025

Buy now

spot_img
spot_img

श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वन उपभोक्ता समुहको सर्वपक्षीय बैठक

spot_img
spot_img

पश्चिम नवलपरासी । सुनवल नगरपालिकाको वडा नम्बर ४ स्थित श्रीकृष्ण धाममा श्रीकृष्ण सुनवल सत्मार्ग बहुआयामिक धार्मिक वन सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ। अध्यक्ष भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा विभिन्न शैक्षिक, सामाजिक, धार्मिक, र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागी रहेको थियो ।

बैठकमा प्रमुख एजेन्डामा संस्थाको स्वामित्वमा धार्मिक वन दर्ता, धार्मिक वनको नीति योजना, डि. पी. आर. संरचना, प्रदेश सरकारबाट बिनियोजित बजेट र केन्द्र, प्रदेश र पालिकाबाट बजेट माग, धार्मिक वनक्षेत्र भित्र झाडी फडानी सरसफाइ कार्यक्रम लगायतका विषयमा छलफल गरिएको थियो।

शुभकामना मन्तव्यमा वडा अध्यक्ष बालकृष्ण पङ्गेनी, समाजसेवी तथा महाकवि देवकोटा क्याम्पसको अध्यक्ष कृष्ण लामिछाने, रमोहन कार्की लगायतले विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मुलपानी सामुदायिक वनका अध्यक्ष यम प्रसाद पाण्डेय, सन्जय श्रेष्ठ, देबि घिमिरे लगायतले सल्लाह, सुझाव र आफ्नो ब्यक्तिगत बिचार अभिब्यक्त गर्नु भएको थियो ।

त्यसै गरि विभिन्न बौद्धिक ब्यक्तित्व यमलाल पाण्डेय, भबिश्वर तिवारी, गोपाल लामिछाने, उमाकान्त उपाध्याय, गोपाल पाण्डेय, बाबुराम भट्टराई, दिलकुमारी बुढा मगर, कृष्णबन्धु अर्याल, कुन्ता तिवारी लगायत विभिन्न संघसंस्थामा आबद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम संचालक मुरली गौतमले गर्नु भएको थियो भने कार्यक्रममा डि. पि. आर. को संरचनाबारे इन्जिनियर हेमन्त पाण्डेयले बताउनु भएको कार्यक्रमको समापन श्री कृष्ण धाम विकास समितिका अध्यक्ष यमप्रसाद ढकालले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme