बुटवल । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आउनु भएको छ । नेपाली कांग्रेसले यस क्षेत्रबाट यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिस गरेको छ ।
नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।





