8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

काठमाडौंंमा फेरि कर्फ्यु म्याद

- Advertisement -

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कर्फ्यु आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि लागू गरिएको हो।

यसअघि हिजोको प्रदर्शनका कारण लगाइएको कर्फ्यु आज बिहान ५ बजे सकिएको थियो। तर परिस्थिति नियन्त्रणमा नआएको भन्दै फेरि साढे ८ बजेदेखि नयाँ आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु आदेशअन्तर्गत काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको सम्पूर्ण चक्रपथभित्र आउजाउ, सभा, जुलुस वा कुनै पनि प्रकारका प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सेवाका सवारी साधन भने कर्फ्युबाट मुक्त रहनेछन्।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित युवाहरुको हिजोको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme