महर्षि वाल्मीकिले कुश र लवलाई शस्त्र र शास्त्र दुवै क्षेत्रमा निपुण गराएका थिए । कुश र लवलाई युद्ध कौशलमा सक्षम र सबल बनाउदै संस्कारको पनि महर्षि वाल्मीकिले ज्ञान दिएका थिए ।
जय प्रकाश महतो,
त्रेतायुगमा सूर्यवंशी राम र माता सीताको जुडुवा पूत्रहरु कुश र लव शास्त्र र शस्त्रमा निपुन थिए । हिन्दु धार्मिक शास्त्रमा कुश र लवको चरित्र, स्वाभाव र संस्कार आज पनि अनुकरणीय रहेको छ । सनातन धर्ममा साउने पूर्णिमाको निकै ठुलो महिमा रहेको र यस दिनलाई सबै भन्दा पवित्र उत्सव मनाउने दिवसको रुपमा चित्रण गरिन्छ । कुश र लवको जन्मको तिथि मिति र जन्म स्थानको बारेमा केही शास्त्रीय कुराहरुको चर्चा गरौं ।

कुश लवको जन्म तिथि र नामाकरणका तथ्यहरुः
१) कुश लव जयन्ती महोत्सव भारतको जबलपुर (मध्य प्रदेश) मा कुशको श्रीमूर्ति स्थापनाको क्रममा विद्धान माहमंडलेश्वर पूज्य स्वामी ज्यूले आफनो आशिर्वचनमा भन्नुभयो कि भगवान श्रीकुश र श्रीलव मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता सीताको जेष्ठ पुत्रको रुपमा भगवान कुश र कान्छो छोरोको रुपमा भगवान लव जन्मनु भएको हो । मर्हिष वाल्मीकिको आश्रममा श्रवाण संदी पुर्णिमाको अर्धरात्रीमा जन्म भएको र जन्म भएपछि एक महिनासम्म जन्म उत्सव मनाएको थियो । मर्हिष वाल्मीकिले माता सीतालाई वन देवीको रुपमा सबैलाई परिचय गराउनु भएकोले कुश र लव वनदेवी माता सीताको पुत्रहरु भनेर चिनिथ्यो । महर्षि वाल्मीकिले कुश र लवलाई शस्त्र र शास्त्र दुवै क्षेत्रमा निपुण गराएका थिए । कुश र लवलाई युद्ध कौशलमा सक्षम र सवल वनाउदै संस्कारको पनि महर्षि वाल्मीकिले ज्ञान दिएका थिए । अर्थात महर्षि वाल्मीकिले सबै प्रकारको ज्ञान र शक्ति दिएका थिए । त्यसैले वाल्यकालमा नै कुश र लवले धेरै किसिमको कल्याणकारी र स्वाभिमानी कार्यहरु गरेर देखाएका थिए । (स्रोतः पत्रिकाः पेज १२, मासिक कुशवाहा समाचारः वर्ष ७, अंक ३ को सम्पादकीयमा र अंक ४, सितम्बर २०१०, जबलपुर मध्य प्रदेशवाट प्रकाशित, प्रकाशन कार्यालय—१७९२, नवआदर्श कालोनी, गढा रोड, जबलपुर (म.प्र) ।
२) कुश र लवको जन्म साउन महिनाको पूर्णिमाको दिन श्रीरामको पत्नी माता सीताको कोखबाट यमज पुत्रहरु कुश जेठो पुत्रको रुपमा र लव कान्छो पुत्रको रुपमा जन्मनु भएको कुरा रामायण सिरियलमा निर्देशक रामानन्द सागरले देखाउनु भएको छ । (स्रोतः रामायण टेलिसिरियल, निर्माता÷निर्दैशकः रामानन्द सागर, उत्तर रामायण खण्ड) ।
३) महर्षि वाल्मीकिले विधिपूर्वक सीताको दुई पुत्रहरुको जातकर्म र संस्कार सम्बन्धी सबै कर्महरु कुशों र लवोंबाट विधिपूर्वक सम्पन्न गर्नु भएकोले सीता पुत्रहरुको नाम कुश र लव राखियो । (स्रोतः लव कुश चरित्र पेज २४३, सम्पादक जयदयाल गोयन्दका प्रकाशक एवं मुद्रकः गीता प्रेस, गोरखपुर अठारहवाँ, पुनर्मुद्रण) ।
४) कुश र लवको जन्म तिथि मिति र जन्म स्थानः चितवन जिल्ला माडी न.पा. वडा न १ बाल्मीकि आश्रम । जन्म तिथि मितिः श्रवाण संदी पुर्णिमाको अर्धरात्रीमा जन्म भएको, साउने पूर्णिमाको तिथिमा वंशः सूर्यवंशी माता सीता र पिता रामको सुपुत्र कुश र लव ।

यो दिवस पनि नेपाली इतिहासको महत्वपूर्ण अंश हो । भगवान कुश र लवको कृतिलाई विद्यालयहरुमा सामाजिक विषयको पाठ्यक्रममा राखेर भावी पुस्तामा शिक्षित दिक्षित गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
कुश र लवको अर्थः वाल्मीकीय रामायणको उत्तरकाण्डमा कुशी—लव उल्लेख भएको पाईन्छ । वाल्मीकीय रामायणमा दशरथ नन्दन श्री रामचन्द्रको यमज पुत्र कुश—लव को अर्थ प्रस्तुत गर्दछ । तर स्वामी विद्यानन्द जी सरस्वतीले आफनो “रामायण भ्रान्तियां और समाधान” नामक पुस्तकमा टिप्पणी गर्दै स्वामी विद्यानन्द जी सरस्वतीको नजरमा कुशी—लव को अर्थ “चारण” रहेको आफनो तर्क प्रस्तुत गर्न खोजेको पाईन्छ । (स्रोतः अखिल भारतीय कछवाहा (कुशवाहा) क्षत्रिय महासभाको मासिक मुख पत्रः “कछवाहा—कुशवाहा क्षत्रिय बन्धु” वर्ष ९, अंक ५—६, दिल्ली अगस्त सितम्बर १९९५, प्रधान सम्पादक यशराम सिंह “अडिग”) ।
नोटः (१) “यमज” को अर्थः एकै गर्भवाट एकै समयमा जन्मेका युगल, एकैपल्ट एउटै गर्भवाट जन्मेका जोडी बच्चा, जुम्ल्याहा
(२) “चारण” को अर्थः घुमफिर गर्दै हिड्ने मानिस, गवैया, वेद पुराण पढने मानिस, चारणहरुद्धारा गाईने राजा—महाराजाहरुको कीर्ति—गाथा ।
(३) “कुश” को अर्थः रामका जेठा छोराको नाम
(४) लव को अर्थः रामको एक छोरा । (स्रोतः नेपाली बृहत् शव्दकोष, प्रकाशकः नेपाल राजकीय प्रज्ञा—प्रतिष्ठान, निर्देशक प्रा. बालकृष्ण पोखरेल,पाँचौं संस्करण वि.स. २०५८) ।

स्वामी विद्यानन्द जी सरस्वतीले कुश लवको बारेमा गरेको टिप्पणीलाई सकारात्मक दृष्टिले व्याख्या गर्नु पर्ने देखिन्छ । हामी सबैलाई यो विषय थाहा छ कि श्री रामचन्द्रको आदेशानुसार गर्भवति माता सीतालाई वाल्मीकि आश्रम नजिक छोडेर लक्ष्मण अयोध्या फर्किन्छ । माता सीतालाई महर्षि वाल्मीकिले आफनो आश्रममा लिएर जान्छ र केही दिन पछि माता सीताको गर्भवाट जुम्ल्याहा पुत्रहरु कुश लवको जन्म हुन्छ । महर्षि वाल्मीकि आश्रम जंगलमा भएकोले घुमफिर गर्न र खाना पकाउनको लागि दाउरा ल्याउन जंगल जाउनु पर्ने बाध्यता थियो । वाल्यवस्थामा वा वचपनमा सबैले खुशी मुन्द्रामा गीत गाउने गर्छ जसलाई गवैया भनिन्छ ।

अनुशासन, आज्ञाकारी र ज्ञानीको प्रतिकको रुपमा रहेको कुश लवले महर्षि वाल्मीकिको आश्रममा वेद पुराणको शिक्षा ग्रहण गर्नु भयो । शस्त्र र शास्त्रमा निपुणता हासिल गरेको कुश लवको चर्चा संसारभर भईरहेको थियो । महर्षि वाल्मीकिले राजा महाराजाको कीर्ति गाथाको बारेमा पनि कुश लवलाई शिक्षा दिनु भएको थियो । जुन शिक्षालाई गीतको माध्यमवाट सबैलाई हृदय छुने गरी सुनाउनु हुन्थ्यो । यही कारण स्वामी विद्यानन्द जी सरस्वतीले आफनो पुस्तकमा कुश लवको अर्थलाई चारण भनेको हुनुपर्छ । त्यसैले स्वामी विद्यानन्द जी सरस्वतीले कुश—लवलाई चारण को रुपमा कल्पना गरेको हुनुपर्छ । एउटै शव्दको अर्थ भुगोल र भाषा संस्कृति अनुसार फरक फरक हुन्छ ।
नेपालको बाल्मीकिनगर (भैंशालोटन भन्ने ठाँउ) नारायणी र तमसा नदीको संगम स्थल त्रिवेणीमा आदीकवि महर्षि बाल्मीकिले रामायाण जस्तो इतिहास लेख्नु भएको थियो । यो इतिहास विश्व कै लागि अमूल्य ग्रन्थ भए पनि नेपाल र नेपालीको लागि गौरवको विषय हो । (स्रोतः आर्य जगतको महाविभूतिहरु, लेखक मंगल कुमार नेपाल, प्रकाशकः नेपाल प्रज्ञा प्रतिष्ठान, पेज न. ४१) । त्यसैले, नेपालको पहिलो ग्रन्थ बाल्मीकि रामायण र नेपालीको पहिचान हो ।
प्रस्तुतीः जय प्रकाश महतो, अध्यक्ष भाषा संस्कृति प्रतिष्ठान विराटनगर















