17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

गुनासाे सुन्न जनप्रतिनिधी, जनताकाे घरघरमा

- Advertisement -

नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधीहरू विगत २ वर्षकाे समयावधिमा भए गरेका कामबारे जनताकाे अभिमत बुझ्न गाउँटाेलमा पुग्ने अभियान थालेका छन् ।

गाउंपालिका अध्यक्ष उमेश चन्द यादवकाे नेतृत्वमा उपाध्यक्ष तथा वडाध्यक्ष सहितकाेटाेली गाउँघर पुगेर जनताले पालिकाले विगत २ वर्षमा सम्पन्न गरेकाे विकासकाे कार्यलाइ कुन रूपमा गहशुस गरेकाे छ ? विकासकाे कार्यलाइ जनताले अपनत्व ग्रहण गरे नगरेकाे अवस्थाकाे जांचबुझ गर्नका लागि घरदैलाेमा पुग्दा जनताले नेता घरघरमा पुग्ने कामकाे सराहना गरेका छन् ।

प्रभावकारी बन्दै गरेकाे यस जनता संग जनप्रतिनिधी कार्यक्रममा हरेक दिनजसाे उत्साहजनक सहभागिता हुने गरेकाेले जनप्रतिनिधिहरू पनि जनताकाे माया पाएर हाैसिएका छन् ।

वडा नं. ६ गुठी परसाैनीमा स्थानीयवासीकाे एक भेलामा स्थानीयवासी एवम पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डेले नेता नै कामबारे साेधीखाेजी गर्न जनताकाे घरआगनमा पुग्ने यस कार्यक्रमले जनतामा खुशियाली छाएकाे बताउनु भएकाे छ। जनताले साेचेकै थिएन कि पदमा पुगीसकेपछि जनताकाे कामकाे भारबाट प्रायः पन्छिन खाेज्ने नेताहरू जनताकाे घरआँगनमै पुगेर विकासकाे लागि के कस्ता कामहरू अब पालिकाले गरिदिनु पर्ने हाे, भनेर साेधेकाे देख्दा जनता खुशी भएकाे प्रतिक्रिया पाइएकाे हाे ।

जनता संग जनप्रतिनिधि कार्यक्रममा मिश्रित प्रतिक्रिया पाइएकाे छ । अधिकाँश नागरिकले पालिकाकाे विकास कार्यबाट सन्तुष्टि जनाएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme