गौबध गरेको अभियोगमा १० जना पक्राउ

55
File pic

मकवानपुर, ४ असोज

गौबध गरेको अभियोगमा बकैया गाउँपालिका-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बकैया गाउँपालिका-११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।