13.6 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

चौथो पालिका स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ सिल्ड सुरु

- Advertisement -

बेलाटारी, २० माघ २०८२ ।
सुस्ता गाउँपालिका–३ फेनहरा पश्चिम नवलपरासीमा चौथो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ सिल्ड कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ। शुभकामना आधारभूत विद्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच उदघाटन गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीता देवी फौज्दारको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा बोल्दै पालिका अध्यक्ष उपाध्यायले खेलकुदलाई जित–हारको रूपमा मात्रै नहेरी अभ्यास, अनुशासन र आत्मविकासको माध्यमका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले सबै सहभागी बालबालिकाहरू एउटै घरका सदस्यझैं सभ्य र भव्य रूपमा खेल सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। खेलकुद पालिका वा राष्ट्रका लागि मात्र नभई आफ्नै भविष्यका लागि महत्वपूर्ण रहेको धारणा उहाँले राख्नुभयो।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक सुदामा प्रसाद बि.क. ले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै फेनहरामा पालिका स्तरीय खेलकुद आयोजना हुनु गर्वको विषय भएको बताउनुभयो। उहाँले विद्यालय तथा व्यक्तिगत तर्फबाट सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष राम प्रसाद पाण्डे, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नर्सहीका प्रधानाध्यापक राजेश कुमार पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोपाल माली, समाजसेवी शैलेन्द्र प्रसाद शर्मा लगायतले खेलकुदको महत्वबारे मन्तव्य राख्नुभएको थियो।
सुस्ता गाउँपालिका अन्तर्गतका निजी, धार्मिक तथा सामुदायिक गरी ३४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ५१० जना छात्रछात्राहरू सहभागी भएको कार्यक्रम सञ्चालक शिक्षक तारा प्रसाद न्यौपानेले जानकारी दिनुभयो।
पालिका स्तरीय प्रतियोगितामा दौड, ठेलो फ्याक्ने, रिले दौड, भलिबल, हाई जम्प, लङ जम्प लगायतका विभिन्न खेल समावेश गरिएको छ। माघ २० गतेदेखि सुरु भएको प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुने खेलकुद उपसमितिका संयोजक रामशरण पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रमको अवसरमा विद्यालयका बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme