काठमाडौं : महाभियोग समितिको बैठक सकिएको छ। बिहीबार बिहान बसेको दोस्रो दिनको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई थप दुईवटा प्रश्न सोधिएको थियो।
बुधबार समितिले जबरालाई ४ प्रश्न सोधेको थियो।
बाँकी बयानका लागि समितिले १९ भदौमा जबरालाई बोलाउने भएको छ।
महाभियोग समितिले ४३ वटा प्रश्न तयार गरेको छ।
जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ।
समितिले बुधबारबाट जबरासँग बयान लिन सुरु गरेको हो।
बयानका क्रममा जबराले आफूले न्यायलय सुदृढीकरणका लागि लागि परेपनि काम गर्ने वातावरण नभएको बताएका छन्। न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको बताएका छन्।
न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।





