राजन कुमार बानिया पर्सा ।
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले सखुवा प्रसौनी गाउँपालिका वडा – ४ देउरवाना स्थित श्री रामजानकी मन्दिरको प्राङ्गणमा सामुदायिक भवनको शिलान्यास गरेका छन।
स्थानीय विभिन्न वर्ग सामुदायिकको पुजा,बिवाह,समारोह ,व्रत्वन जस्ता कार्यका लागि सहजहुने भएकाले नेता साहको पहलमा मधेस प्रदेश सरकारको २५ लाखको लागतमा सामुदायिक भवनको निर्माणका लागि शिलान्यास कार्यक्रम आज( बुधबार) सम्पन्न भएको छ ।
सामुदायिक भवन निर्माणकार्य ३ महिना भित्रमा सम्पन्न हुने उपभोक्ता समितीले जनाएको छ कार्यक्रमको शिलान्यास गर्दै नेता साहले भने मधेस प्रदेशको हरेक समुदायको क्षमता वृद्धि बिकासका लागि मधेस प्रदेश सरकार ग्रपन्तीमा रहि काम गर्दै आएको बताएका छन। र यो प्रयास स्थानीय आमनागरिको सहयोगबाट सफल भएको बताउदै धन्यवाद व्यक्त गरेका छन।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष महम्मद आरिफ, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, नेता प्रमोद उपाध्याय, रामबहादुर पंडित, नेता नाजिर अंसारी , महम्मद सफिक, लक्षण साह, नुर आलम लगायत नेता कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
आज एक सप्ताहमा नेता साहले दुई वटा सामुदायिक भवन र श्री रामजानकी मन्दिरको सौन्दर्य कारणका लागि मुख्य प्रवेश द्धारा , (बाउण्ड्री) पर्खालको सिलान्यास संगै तीन वटा भौतिक संरचनाको शिलान्यास गरेका छन।





