13.1 C
New York
Monday, May 13, 2024

Buy now

spot_img
spot_img

दाउन्नेदेवीकाे ५२ओैं वार्षिकोत्सव बर्दघाटमा सम्पन्न  

spot_img
spot_img

पप्पु रेग्मी ।  पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट ४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयकाे ५२ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालको अध्यक्षता तथा पूर्व मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री त्रिपाठीले संघिय निजामति ऐन र विद्यालय शिक्षा ऐनलाई यथाशिघ्र पुर्णता दिइनु पर्ने बताउदै, जसले मात्रै विद्यमान समस्याहरुकाे समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालको संविधान २०७२ ले कक्षा १० सम्मलाई मात्रै माध्यमिक  तह मानेको तर, पछि ऐन शंशोधन गरी कक्षा १२ सम्मलाई माध्यमिक  तह मानिएको भन्दै स्थानीय तहले माध्यमिक शिक्षाको व्यवस्थापन गर्न नसक्ने जिकिर गर्नुभयो । फरक प्रसङ्गमा पूर्व मन्त्री त्रिपाठीले नेपालमा लगानी सम्मेलनकाे आयोजना गरिने गरेको तर, नेपालका उद्योगीहरुले नै नेपालमा भन्दा बढी लगानी विदेशमा गरेकाले अन्य देशहरुले नेपाललाई विश्वास गर्ने वातारण नरहेको कारण विदेशी लगानी समेत बढ्न नसकेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य विक्रम खनालले शिक्षालाई उत्कृष्ट र गुणस्तरीय बनाउन भौतिक संरचना भन्दा पनी विद्यार्थी, शिक्षक र अभिभावकको गहन जिम्मेवारी हुने बताउनुभयो । खनालले समुदायका ९८ प्रतिशत बालबालिका विद्यालयको पहुँचमा आईसकेको हुँदा ती विद्यार्थीहरुलाई कसरी टिकाउने भन्ने विषयमा सरोकारवालाहरुले ध्यान दिइनुपर्ने धारणा राख्नुभयो ।

अहिलेको अवस्थामा निजी विद्यालयहरु खुले भनेर विरोध गर्नुभन्दा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिकका विद्यालयहरुमा आकर्षित गर्नका लागि के गरियो भन्ने मूल प्रश्न रहेको खनालको भनाई रहेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालले विद्यालयको आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३ करोड ५५ लाख २० हजार ६ सय ३रूपैयाँ बराबरको आर्थिक आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश खनाल,  विद्यालयका संस्थापक सदस्यका परिवार मध्येबाट बसन्त रेग्मी, पूर्व विद्यार्थीका तर्फदेखि उत्तमध्वज के.सी. सामुदायिक विद्यालयको तर्फ देखि सरस्वती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सोमनाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा विद्यालयमा स्थापित विभिन्न अक्षय कोषबाट विद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको थियो भने विद्यालयको शैक्षिक लगायत अन्य गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । साे अवसरमा विद्यालयका छात्र छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme