नवलपरासी पश्चिम ।
जिल्लाकाे प्रतापपुर गाउंपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र चाैधरी ६२८ मतका साथ विजय हासिल गरेका छन् । वडामा उनी प्यानल सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशिल पार्टीका उम्मेदवारले – ३८१ मत पाएका छन् । त्यस्तै, एमालेका उम्मेदवारले – १८९ मत, माओवादीका उम्मेदवारले -१०३ मत, जनता समाजवादी पार्टीका उम्मेदवारले – ३५० मत र राप्रपा का उम्मेदवारले -१७० मत पाएका छन् ।
महेन्द्र चाैधरीकाे प्यानलमा महिला सदस्य-६४४ मत, दलित महिला सदस्य-६३९ मत, वडा सदस्य(१)-५९२ मत र वडा सदस्य(२) -६४३ मतका साथ विजयी भएका छन् ।





