सहबान अन्सारी
नवलपरासीमा ७ लाख ८ हजार मुल्य बराबरको अबैध चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रवार प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौली स्थित लुकाई छिपाई राखेको अवस्थामा २३६ बोरा चिनी सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
चिनीको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको चिनी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सुचना अधिकारी रोशन घिमीरेले बताए ।















