पप्पु रेग्मी, बर्दघाट ।
बर्दघाट प्रज्ञा प्रतिष्ठान बर्दघाट पश्चिम नवलपरासीकाे आयोजना तथा सुसेली कला समूहकाे सह-आयाेजना नाट्य गाेष्ठी तथा प्रदर्शन २०८१ बर्दघाटमा विहवार सम्पन्न भएको छ ।
बर्दघाट प्रज्ञाप्रतिष्ठानकाे कुलपति डा. घनश्याम न्याैपानेकाे अध्यक्षता तथा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बाेल्दै, प्रज्ञा प्रतिष्ठानले नगरमा रहेको कला भाषा र साहित्य जगेर्ना गर्ने गरी आयोजना गरिएको बताउदै, नाटकले समाजमा भएको विकृतिहरूलाई हटाउन र राम्रो सन्देश दिन सक्ने माध्यम भएको बताउनुभयो । त्यसैगरि बर्दघाट नगरपालिकाका उपप्रमुख र वर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक रुद्र प्रकाश उपाध्यायले कला र नाटक मार्फत पनि नागरिकलाई जवाफदेही बनाउन सहज हुने बताउदै, कला, भाषा र साहित्यलाई संरक्षण, सम्बर्धन गर्न जाेड दिनुभयो ।
कार्यक्रममा सुसेली कला समूहका अध्यक्ष बद्री सुवेदीले नाट्य गोष्ठी तथा प्रदर्शन २०८१ काे कार्य पत्र प्रस्तुत गर्दै, नाटककाे निर्देशन, पात्रहरूकाे संवाद, दृश्य, विषयवस्तु, रंगमंचीय व्यवस्था, प्रकाशकाे व्यवस्था, ध्वनि प्रभाव, भेषभूषा कलात्मक आङ्गीक हाउभाउ र मेकअप जस्ता तत्त्वहरू रहने उल्लेख गर्नुभयो । नाटकको कार्यपत्रले नाटकको सम्पूर्ण प्रस्तुतिका आधारले नाटकलाई प्रभावकारी बनाउन मद्धत गर्ने सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा सुसेली कला समूहका कलाकारले बिन्दु सिंहकाे निर्देशनमा समूहका अध्यक्ष बद्री सुवेदीले लेख्नुभएको भ्रष्टाचार विरूद्धमा आधारमा रहेको नाटक साे अवसरमा प्रस्तुत गरिएको थियो । प्रमुख कलाकारकाे रूपमा बिन्दु सिंह, यादव प्रसाद खनाल, तमु बहादुर गुरुङ, सावित्री बुढाथोकी, भीमबहादुर हिस्की मगर, विष्णु पाण्डे लगाएतले अभिनय गर्नु भएकाे थियो । नाटकको महत्त्ववारे उल्लेख गर्दै प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले काव्यमा सबैभन्दा महत्त्वपूर्ण नाटक कलाकारहरूले प्रस्तुत गरेकाे बताउनुभयाे ।
कार्यक्रममा प्राज्ञ सदस्य जिवनाथ पाैडेलकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे संचालन प्रज्ञा सदस्य सचिव शरद पौड्यालको रहेको प्रज्ञा सहयोगी शक्ति पाैडेलले बताउनु भयाे ।















