नारायणीमा गतवर्षकाे भन्दा बढी पानी आउने अनुमान

54

नारायणी नदीमा पानीकाे बहाव बढेकाे आधारमा गतवर्षकाे रेकर्ड नाघ्ने अनुमान गरिएकाे छ । बुधवार बेलुका ९ बजेकाे समयमा ३ लाख ८४ हजार २०० क्युसेक पानीकाे बहाव रहेकाे जलमापन केन्द्र वाल्मिकिनगरले जनाएकाे छ।

पानीकाे बहाव बढदै गर्दा गतवर्षकाे रेकड नाघ्ने अनुमान गरिएकाे छ । देवघाटमा देखिएकाे पानीकाे बहावकाे आधारमा ४ लाख १२ हजार क्युसेक भन्दा बढि पानीकाे बहाव हुनसक्ने बताइएकाे छ ।

गतवर्ष बाढी आउदा नारायणी नदीमा सबभन्दा बढि ४ लाख १२ हजार क्युसेक पानी बगेकाे थियाे, जुन गतवर्षकाे रेकर्ड हाे । सन २००२ मा ४ लाख २९ हजार क्युसेक पानी बग्दा त्रिवेणीमा नारायणीले तटबन्ध बगाएकाे थियाे ।