9.9 C
New York
Monday, May 13, 2024

Buy now

spot_img
spot_img

नेकपा एमाले अध्यक्ष केपी ओली सुस्तामा

spot_img
spot_img

ओली भारतद्वारा अतिक्रमणकाे चपेटामा रहेकाे सुस्ता भूमि जाने, त्रिवेणी दुम्कीबास सडक र वाल्मिकी आश्रम पनि अवलाेकन गर्ने

पश्चिम नवलपरासी । नेकपा एमाले पार्टी अध्यक्ष केपी ओली बैशाख २० गते भारतद्वारा अतिक्रमित भूमि सुस्ताकाे अवलाेकन भ्रमणमा जाने हुनु भएकाे छ । वर्षाैंदेखि विवादित रहेकाे सुस्ता भूमि तथा सुस्ताकाे सीमावर्ती क्षेत्रमा समेत पुग्ने कार्ययाेजना रहेकाे नेकपा एमाले पश्चिम नवलपरासीले जनाएकाे छ ।

विगत लामाे समयदेखि सुस्ताकाे सीमा विवाद लम्बिदै आएकाे अवस्थामा एमाले ले पटक पटक कुरा उठाउदै आएकाे छ । विशेष समय मिलाएर सुस्ता जान लागेका ओलीकाे भ्रमणले सुस्तावासीमा आश जागेकाे छ । यस भ्रमणलाइ राजनीतिक वृत्तमा महत्वका साथ हेरिएकाे एमाले नवलपरासीले जनाएकाे छ ।

सुस्ताकाे सीमा विवाद विगत लामाे समयदेखि बल्झिदै गरेकाे अवस्थामा नेकपा एमालेका अध्यक्ष ओली सुस्ता पुगेर सीमा विवादकाे अवस्थाले समाधानतर्फकाे पहलकदमी अगाडि बढ्ने विश्वास लिइएकाे छ । भाैगाेलिक कठिनाइका बीच नारायणी नदीपारी बसेकाे सुस्ता भूमिमाथि भारतले गिद्धेदृष्टि गाडेकाे छ । सुस्तावासीलाइ किनमेल तथा भारततर्फकाे आवागमनलाइ पटक पटक अवराेध गर्ने भारतीय अर्धसैनिक बल एस एस बी ले दुख दिदै आएकाे छ । सुस्ता आवजावतका लागि बनाइन थालिएकाे झाेलुंगे पुलकाे समेत अवलाेकन गरिने कार्यक्रम रहेकाे छ ।

ओलीले त्रिवेणी दुम्कीबास सडककाे अवस्था अध्ययन तथा त्यस सडककाे निर्माण सम्पन्न गर्नका लागि समेत ध्यानाकर्षण गराउने याेजना बनेकाे छ । गजेन्द्रमाेक्षधामका पीठाधिश कमलनयनाचार्य स्वामीकाे पहलमा साे सडककाे ट्रेक खाेलाउने काममा राष्ट्रिय निकुञ्ज कसराले निकुञ्जकाे क्षेत्र परेकाे भन्दै सडक बनाउन राेकेकाे थियाे । प्रधानमन्त्री भएकाे बेला ओलीले सडक क्षेत्रलाइ निकुञ्जभन्दा बाहिर पर्ने गरि कानुनी व्यवस्था मिलाइ सहयाेग गरेकाे कारण अहिले पनि अधुराे साे सडकलाइ पुर्णता दिन ओलीकाे ध्यानाकर्षण गराउने रणनीति लिइएकाे बुझिएकाे छ ।

त्यस्तै, त्रिवेणीदेखि वाल्मिकी आश्रमलाइ जाेड्ने झाेलुंगे पुलकाे निर्माण सम्पन्न भइसकेपनि आवतजावत अवरूद्ध नै रहेकाे छ । पुलकाे पुछारकाे भागमा सडक बनाइनुपर्ने आवश्यकता छ तर साे भूमि पनि राष्ट्रिय निकुञ्जकाे क्षेत्र पर्ने भएकाले निकुञ्जले सडक बनाउन राेकेकाे छ । साे अवराेध हटाउनका लागि आवश्यक पर्ने पहलकदमी लिइ दिन ओलीकाे ध्यानाकर्षण गराइंदै छ । साथमा नारायणी नदी, नदीमा बनाइएकाे त्रिवेणी व्यारेज तथा सिंचाइ अायाेजनाहरू समेतकाे अवलाेकन गरिने छ ।

त्रिवेणी क्षेत्रका महत्वपुर्ण भ्रमण अवलाेकन पश्चात त्रिवेणी मै रात्रीबास हुनेछ । ओली भाेलीपल्ट अर्थात बैशाख २१ गते नेकपा एमाले नवलपरासीकाे जिल्ला अधिवेशनमा सहभागी हुने कार्यक्रम छ । जिल्ला अधिवेशन बैशाख २१ र २२ गते सुनवल स्थित हाेटल रेवनमा आयाेजना गरिएकाे छ । जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीकाे अध्यक्षतामा सञ्चालन हुने जिल्ला अधिवेशनले नेतृत्व चयन समेत गर्ने छ । अधिकारी पुनः जिल्ला अध्यक्ष पदमा दाेहाेरिने प्रबल सम्भावना रहेकाे एमाले वृत्तबाट बुझिएकाे छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme