13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

- Advertisement -

बर्दघाट ।
पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नं. १० अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४ औं वार्षिक साधारण सभा भुताहामा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कर्ण बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पाठकले बाेल्दै, पानीको मूल जोगाउनु अहिलेको मूख्य चुनौती रहेको बताउदै, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महाशाखा प्रमुख गुणनिधि पोखरेल, नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगर पालिका वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईं, जनकल्याण साकोसका अध्यक्ष कुलदीप आचार्य, बर्दघाट खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष कमल थापा, शुसिला थापा लगायतले आ-आफ्नाे धारणा राख्नु भएको थियो ।
साधारण सभामा अध्यक्ष कर्ण बहादुर खत्रीले संस्था काे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव शिव देव न्यौपानेले एक वर्ष भित्र संस्थाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष चन्द्र कुमारी थापाले आर्थिक वर्ष २०८१/०८२ काे रू. १ कराेड ४६ लाख १० हजार बराबरको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो । संस्थाकाे लेखा समितिका संयोजक राजु विश्वाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक साधारण सभामा संस्थाका पूर्व अध्यक्ष माधव कुमार श्रेष्ठ र संस्थाका कर्मचारी निरास कुमार रानालाई सम्मान गरिएको थियो ।
साधारण सभामा सुसेली कला समूहद्रारा नृत्य, सरसफाइ तथा शुध्द पानी पिउने सम्बन्धि नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकाे सस्थाका उपाध्यक्ष यज्ञ प्रसाद खनालकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सञ्चालन सचिव शिव देव न्यौपानेले गर्नु भएको थियो । २०६१ सालमा स्थापना भएको यस संस्थामा २ हजार ४ सय ६६ जनाकाे घरमा धारा जडान गरेको बताईएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme