पप्पु रेग्मी, बर्दघाट ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा पश्चिम नवलपरासीले, पालडाँडा कप –२०८१, पालडाँडाकाे खेल मैदानमा शनिवारदेखि शुरू भएको छ ।
माघ १२ गतेदेखि संचालन भएको खेलमा संकटा एफ.सी. काठमाडौं देखि गोरखपुर एफ.सी..भारतकाे टिमले समेत खेलमा भाग लिई खेल खेलेकाछन ।
उक्त फुटबल प्रतियोगितामा नेपाल र भारत समेत गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पहिलो दिन १२ गते गोरखपुर एफ.सी.भारत र चोरमारा युवा क्लब नवलपुर विच भएको खेलमा निर्धारित समय सकिए पछि खेल टाई ब्रेकरमा परिणत भएको थियो । टाई ब्रेकर खेलमा चोरमारा युवा क्लब नवलपुरले ३ गाेल गरेको थियोे भने गोरखपुर .एफ.सी.भारतले ४ गाेल गरि पहिलो दिन विजयी भएको हाे । साेहि दिनकाे खेलमा गाेरखपुरकाे खेलाडी अफ्तान म्यान अफ द म्याच भएका थिए ।
विजयी गोरखपुर एफ.सी. भारतले आगामी १६ गते संकटा .एफ.सी. काठमाडौंसंग प्रतिष्पर्धा गर्ने भएको आयाेजक संस्थाका सल्लाहकार तथा बर्दघाट नगर खेलकुद विकास समितिका नगर अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाट–५, पालडाँडा र सनराईज एफ.सी. १३ गते प्रतिस्प्रर्धा हुने छ । त्यसैगरी, १४ गते रोसन फर्निचर भैरहवा स्पोर्टस र रिमिक्स युनाइटेड एफ.सी. रुपन्देही विच खेल हुनेछ । खेल १५ गते देवदह ब्वाइज देवदह रुपन्देही र सौभाग्य युवा क्लब बुटवल विच खेल हुने छ । खेलमा १२ गतेको विजयी टिमले संकटा एफ.सी. संग प्रतिष्पर्धा गर्नु पर्ने छ भने १३ गतेको विजयी टिमले .डि.वाई.डि. दुम्किवाससंग प्रतिस्प्रर्धा गर्नु पर्ने छ ।
यस खेल मैदानमा भएको खेलमा पालडाँडा कप –२०८१ को पहिलो विजेता टिमलाई २ लाख १ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरीने छ भने उपविजेता टिमकालागि १ लाख ५ सय नगद सहित कप, मेडल र प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।















