सिरहा,
विनोद मण्डल, कार्तिक २२ ।
सिरहाको धनगढीमाई १३ मा करिब एक वर्ष अगाडि बनाइएको पोखरी हिउँद यामको शुरुवात सँगै सुक्न थालेका छन् ।
विक्रम सम्वत २०७७ /१०/१५ मा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर मोरङको मातहत च्यान डाँडा पोखरी निर्माण उपभोगता समितिद्वारा करिब १३ लाख लागतमा पोखरी खन्ने कार्यको थालनी भई २०७८/२/१५ गते कामको समापन भएको घोषणा गरियो तर पोखरी अधुरो रहेको स्थलगत निरिक्षणबाट सजिलै थाहा पाउन सकिन्छ ।
करिब १ सय १० घर लाभान्वित हुने उद्देश्यका साथ थालिएको काम कागजी रूपमा सम्पन्न भयो तर पोखरीमा पानी अडिएन स्थानियले पोखरीको सदुपयोग गर्न पाएनन् वास्तविकता के हो ? कुल लागत कति ? पोखरीलाई विकासको पूर्वाधार त्यस ठाउँमा मानिनुको प्रमूख कारण के हो ? पोखरी खन्ने पैशा अन्य काममा लगाउँदा उपयुक्त हुने थियो कि ?
यिनै प्रश्नहरू यतिबेला स्थानिय जनताको मन मस्तिष्कमा घुमिरहेको अवस्थामा सम्बन्धित निकाय धनगढीमाई नगरपालिकाको ध्यान आकर्षण गर्नु पर्ने देखिन्छ ।






