8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

प्रतापपुर गाउँपालिका अध्यक्ष पदका लागि कुन पार्टीबाट कसकाे चर्चा…?

- Advertisement -

नवलपरासी, १३ फाल्गुन।

आसन्न स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले तिब्रता पाउन थालेकाे छ ।

नवलपरासीको विभिन्न पालिकाकाहरुमा पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।

यसैबीच पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि अलग–अलग पार्टीका नेताहरुले आआफ्नो दावेदारी रहने आन्तरिक प्रचारबाजी शुरु गरेका छन् ।

आगामी स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट गाउँपालिका अध्यक्ष पदको उमेदवारीका लागि वर्तमान कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरी तथा नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव उमेश यादवको चर्चा रहेको पार्टी निकट स्रोतले जानकारी दिइएको छ। उक्त दुबै जनामध्ये टिकट कसले पाउने भन्ने कुरा दलले पछि निर्णय गर्ने छ ।

त्यस्तै नेकपा एमाले पार्टीबाट खेम नारायण चौधरी र तारा सिंह थापाको नाम चर्चामा रहेको छ भने, नेकपा माओवादी केन्द्रबाट धीरज त्रिपाठी, दुधनाथ गुप्ता र कन्हैया जायसवालको नाम चर्चामा रहेको पार्टीको निकट स्रोतले जनाएको छ।

त्यस्तै जसपाबाट राजेश कुमार चौधरीकाे एकल नाम चर्चामा रहेकाे छ । हृदयेश त्रिपाठीकाे पार्टी जनता प्रगतिशील पार्टीबाट करमहुसेन अन्सारी र रामप्रित यादवले चाेक चाैराहामा दावेदारी गर्न थालेका छन् ।

राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि निश्चीत मापदण्ड तय गर्न नसकेको अवस्थामा अहिले जो कोहीले पनि आफ्नो आकांक्षा राख्नु स्वभाविक रहेको छ हाल माथिका नाम चर्चामा रहेकाे छ । अन्य पनि आकांक्षी बढ्न सक्ने श्रोतले जनाएको छ। त्यसैगरी राप्रपा, लोसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकामा हालसम्म उम्मेदवारहरुको नाम चर्चा भने कमै देखिएको छ ।

प्रतापपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरिक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको ओैपचारिक घाेषणा भने गरेका छैनन् । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme