काठमाण्डाैं, १९ पुष ।
नेपाललाइ रासायनिक मल दिने सबै देशहरूमा मलकाे अभाव रहेकाे भन्दै कृषि पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले मल उपलब्ध गराउन नसकिने र किसानले रासायनिक मलकाे साटाे प्राङगारिक मल प्रयाेग गर्नुपर्ने विकल्प सुझाव दिएपछि त्यसकाे विराेध गरिन थालिएकाे छ । ठाउठाउंमा राेष प्रकट गरिएकाे छ । राप्रपाले मञ्चबाटै मन्त्री यादवकाे राजीनामाकाे माग गरेकाे छ । तराइमा हाइवे केन्द्रित सडक जाम, यातायात ठप्प लगायतका आन्दाेलन चर्किन थालेकाे छ । विराेध प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले प्रदर्शनकारीमाथि दैनिक रूपमा लाठीचार्ज गर्नुकाे गाेली समेत हान्न थालेकाे छ ।
गण्डकी प्रदेशको नवलपुरमा अायाेजित विशाल अामसभालाई सम्बोधन गर्दै अलि अहिले किसान मल नपाएर मर्कामा रहेको र मन्त्री अन्यत्र ब्यस्त रहेको मुद्दा उठाउनु भयो । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन सहित विभिन्न केन्द्रिय नेताहरु उपस्थित रहेकेा साे सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अलि अहिलेको कृषि मन्त्रीले पीडित बनेका जनतालाई मल उपलब्ध गराउन नसके पद बस्नु औचित्यहिन भएको बताएका छन् ।
मन्त्रालयले मलको लागि बाङ्लादेश र चीन दूतावासलाई पत्राचार समेत गरेको तर कुनै बिकल्प नभएको हो । नेपाली जनता कृषिमा अधारित रहेकोले तत्काल मल उपलब्ध गराउने मजबुत योजना सरकारसित हुनु पर्नेमा त्यसकाे अभाव रहेकाे बताए ।
यसैबीच कृषि मन्त्री विरुद्ध युवाहरूको मोर्चाले समेत बिरोध प्रदर्शन शुरु गरेका छ्न । चीनबाट मल नाआउने भएपछि प्राङगारिक मलकाे विकल्प अपनाउन भनी दिएकाे मन्त्री यादवकाे अभिव्यक्तिले थप बिवाद सिर्जना भएको छ । युवाहरूले अहिले कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, लगायतका माग राखि रहेका छ्न ।
उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग उठेकाे छ । चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारत सङ समन्वय गरि मल आयात गर्नु पर्ने बताउदै आएका छ्न ।















