बर्दघाट नगरपालिकाको १० ओैं नगरसभा सम्पन्न

118

पप्पु रेग्मी, बर्दघाट

पश्चिम नवलपरासी स्थित बर्दघाट नगरपालिकाले १०ओैं नगरसभा “बर्दघाट नगरपालिकाको चाहना, शान्त समृद्धि र सुन्दर समाजको स्थापना” भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम पारित गर्न शुक्रवार बर्दघाटमा भव्यताका साथ सम्पन्न गरेको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा सघिंय सासंद एवं पुर्वमन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा बोल्दै, प्रमुख अतिथि त्रिपाठीले देश सघिंयतामा जादा राज्यको पुर्नसरंचना नभई भौगोलिक पुर्नसरंचना भएको हुदा प्रशासनिक सरंचना राज्यको पुर्नसरंचना हुनुपर्ने बताउनुभयो । सोहि अवसरमा प्रमुख अतिथी त्रिपाठीले जनप्रतिनिधिहरुले स–साना काममा आफनो समय खर्चिनुभन्दा नगरपालिकाले दीर्घकालीन योजना बनाएर अघि बढनुपर्ने धारणा राख्नुभयो ।

नगरपालिकामा धेरै जसो जनप्रतिनिधिहरूले स–साना सामग्रीहरु वितरणमा गर्न बढी ध्यान दिने गरेकोले सामान उपलब्ध गराएकै भरमा भोट पाउछु र पुनः जित्छु भनेर नसोचे हुन्छ भन्ने सुझाव दिदै यस क्षेत्रमा लगानी बढाउने हो भने पुनः ५ वर्ष पछि फर्केर यस स्थानमा आउन मुस्किल हुने गरेको अनुभव रहेको प्रमुख अतिथि त्रिपाठीले सो अवसरमा आफ्नो लामो राजनीतिक यात्राको अनुभव सुनाउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा नगर प्रमुख श्रेष्ठले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख श्रेष्ठले पुर्वाधार विकास क्षेत्र तर्फ सडक, भवन तथा सहरि विकास, विद्युत तथा वैकल्पिक उर्जा, सूचना तथा सञ्चारलाई विशेष प्राथमिकता दिदै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य तथा पोषण, खानेपानी र सरसफाई, लैगिंक समानता तथा समाजिक समावेशीकरण तर्फ महिला शसक्तीकरण, बालमैत्री शासन, दलित आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा पिछडा वर्ग, समाजिक सुरक्षा एवं जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, युवा खेलकुद एंव श्रम तथा रोजगारी, भाषा, सस्कृती तथा पर्यटन, गैर सरकारी सस्था सञ्चालन लगाएत आर्थिक विकास तर्फ कृषी तथा पशुपालन, उद्योग बाणिज्य र सहकारी, उपभोक्ता हित सरक्षण, योग एवं भुमी अधिकार, वातावरण तथा विपत व्यवस्थापन, योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन लगाएतका नीति तथा कार्यक्रम लिई शान्त, समृद्ध र सुन्दर समाजको स्थापना गर्ने लक्ष्य लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आगामी आर्थिक बर्ष २०७९÷ ८० कालागी कुल आय तर्फ ९१ करोड अनुमान गरिएकोमा चालु खर्च तर्फ ५२ करोड २३ लाख र पुजिगत तर्फ ३८ करोड ८७ लाख खर्च हुने अनुमान गरिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले आर्थिक बर्ष २०७८÷७९ को समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७८÷ ७९ मा कुल बजेट ९१ करोड ६ लाख ३७ हजार कायम भएकोमा यस महिनाको असार ७ गते सम्म रु ६१ करोड ३ लाख ४५ हजार खर्च भई ६७.०२ प्रतिशत खर्च भएको र चालु वर्षको खर्च तर्फ रु ४८ करोड ४८ लाख ५ हजार बजेट प्राप्त भएकोमा रु ३८ करोड ५० लाख ७५ हजार खर्च भई कुल बजेटको ७९.४३ प्रतिशत खर्च रहेको बताउदै पुँजिगत तर्फ रु ४२ करोड ४८ लाख ३१ हजार बजेट प्राप्त भएकोमा रु. २२ करोड ५२ लाख ७० हजार खर्च भई कुल ५२.९० प्रतिशत खर्च भएको बजेट प्रस्तुत गर्नु भयो । त्यस्तै आर्थिक बर्षको अन्त्य सम्म चालु खर्च करिब शतप्रतिशत र पुँजीगत खर्च ९० प्रतिशत वित्तिय प्रगति हासिल हुने अनुमान गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सविंधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, पुर्व नगर उपप्रमुख माया देवी पौडेल, नेकपा एसका केन्द्रिय सदस्य बृहस्पति अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नुभएको थियो ।