बिहिवार देखी मौसमा सुधार आउने

73

नवलपरासी, १४ पुष ।

बुधबार दिनभर नै देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको बदलीले देशका विभिन्न स्थानमा वर्षा र हिमपात गराएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार भित्रिएको सो प्रणालीका कारण सोमबारदेखि देशभर नै तापक्रम घट्दो क्रममा रहेको थियो। बिहीबार दिउँसोदेखि भने मौसममा हल्का सुधार आउने महाशाखाले जनाएको छ।