8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

बौधिमाई नगरपालिकामा नेता जयसवालको चर्चा सुरु।

- Advertisement -

चन्दन कुमार

रौतहट जिल्ला बौधिमाई नगरपालिकाको जनताहरुको मन मुटुमा बस्न सफल तथा स्थानिय जनताहरुको सुख, दु:खको साथी नगरपालिकाको मेयर प्रत्यासी तथा नेपाली कांग्रेसका युवा नेता राजन बाबु जयसवालाको चर्चाका कारण बौधिमाई नगरपालिकाको राजनितिक महौल गर्मिएको छ। आउदो चुनावमा आफ्नो उमेदवारीको घोषणा गरे लगतै नगरपालिकाका स्थानिय जनताहरुमा हर्ष उल्लास बढेको छ।नगरपालिकाको बिकासका लागि विभिन्न कार्यक्रम लगायतका कार्यहरु गर्दै आएको नेता राजन बाबु जयसवाल को उमेदवारीले स्थानियहरुको लागि एउटा उर्जा प्रप्ता हुने झै अभास भएको एक स्थानियको भनाई छ। विगतको दिन देखि नै आफ्नो नगरको बिकास तथा स्थानियहरुको हरेक सुख, दु:खमा सहभागी हुँदै आएका नेता जयसवाल स्थानियहरुको यस प्रतिकृयाबाट आफुलाई अझै उर्जा प्राप्त भएको र आउने दिनमा स्थानियहरुको लागि कुनै पनि किसिमको समस्याको सामना गर्न आफु तयार रहेको बताउनु भएको छ। नेता जयसवालले भन्नू भएको छ कि मेरो यो उमेदवारी मात्र नगर बिकासको लागि नभई , नगरपालिकामा भएको भ्रष्टाचार लाई रोक्नका साथै यस नगरपालिकाभित्रका हरेक स्थानियहरुको मनभित्रका पीडा बुझने र नगरपालिकामा भएको मनमानी लाई स्थानियहरुको चाहना अनुसार बनाउनु मात्र मेरो उदेश्य हो। नगर बिकासका कार्य लगायत जनताहरुको हरेक समयमा सेवा तथा साथ दिनको लागि तयार रहेने एक मात्र नेता राजन बाबु हो जयसवाल भन्दै स्थानिय जनताहरु आउदो निर्वाचनमा नेता जयसवाललाई नै जिताउने तयारी गरिरहेको कुरा अहिले देखि नै बाहिरिन थालेको नगरपालिकाका एक समाजसेविले बताएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme