17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भारतीय नागरिक नेपालमा पक्राउ

- Advertisement -

अवैध रुपमा संचालित Manpower Services लाई कारवाही


नवलपरासी प्रहरीले बिना दर्ता जेडी मेनपावर सर्भिसेज (JD Manpower Services) नामको कार्यालय संचालन गरिरहेका २ जना भारतीय नागरिकलाइ पक्राउ गरी कार्वाही चलाएकाे छ ।

सूचनाको आधारमा अषाढ १७ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई सोधपुछ गर्दा सो मेनपावर दर्ता समेत नभएको, अनुसन्धानको क्रममा निजहरुले करिब ५ दिन अगाडी देखि उक्त कार्यालय संचालन गरेको खुलेपछि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । बैदेशिक रोजगारिका लागि रसिया,अस्ट्रेलिया, ईटाली लगायतका देशहरुमा लैजाने उद्देश्यले कार्यालय संचालन भएको खुल्न आएकाे हाे ।

नियन्त्रणमा लिईएकामा भारत प्रदेश महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर गाँउ असल्फा वस्ने वर्ष २४ को र्निसग रविंन्द्र राणे र भारत प्रदेश महाराष्ट्र जिल्ला मुम्बई पोष्ट मुम्बई जि.पी.ओ. कोलाव वस्ने वर्ष ३७ को जावेद मसिह रहेका छन् ।

दुबैजना संचालकहरुलाई तत्काल नियन्त्रणमा लिई रितपूर्वक खानतलासीका क्रममा मोबाईल थान-२, ल्यापटप थान-१, भारतिय आधार कार्ड, भारतिय बैंकको चेकबुक र डेविड कार्ड सहित फेला परेकाे छ ।

श्रम तथा रोजगार कार्यालय बुटवलसंगको समन्वयमा आज मिति २०८१।०३।१८ गते उक्त कार्यालयको बोर्ड हटाई सिल गर्नुका साथै बरामद सामान तथा निज व्यक्तिहरुलाई आवश्यक कारवाहिका लागी श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीलाई बुझाइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme