काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वासनीकले भारत र नेपालबीचको सम्बन्ध शशक्त हुनुपर्ने बताएका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन स्थलमा बोल्दै नेता वासनीकले यस्तो बताएका हुन् ।
उनले भने, ‘भारत नेपालमा स्थायीत्व रहोस् भन्ने चाहन्छ । हाम्रो पुरानो मित्रताको सम्बन्ध छ।’ उनले नेपाली कांग्रेसको महाधिवेशनमा आउन पाउँदा खुसी लागेको बताए।
उनले भने, ‘म निकै खुसी छु। भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध छ। यो सम्बन्ध निरन्तर रहनुपर्छ।’
उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तोमा भारतीय राष्ट्रिय कांग्रेसको प्रतिनिधित्व गर्दै नेपाल आएका हुन्।





