16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

भीम रावलको रणनीति : एमालेमै बस्‍ने, ओलीको उम्मेदवार हराउने

- Advertisement -

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पाखा लगाउन झपट बोहरालाई टिकट दिएपछि नेकपा एमाले सुदूरपश्चिममा तीव्र असन्तुष्टि छ। 

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेबाट टिकट नपाएकाहरु कतै बागी उठेका छन् भने कतै राजीनामा दिएका छन्। 

अछाम १ मा जिल्ला हुँदै प्रदेश कमिटीबाट एकल सिफारिस भएका एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलको टिकट खोसेर एमालेले माओवादीबाट समाहित भएका झपट बोहरालाई टिकट दिँदा विद्रोह भएको छ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटी संयोजक प्रकाश शाहसहित ४० बढी एमाले नेता कायकर्ताले जिम्मेवारीबाट राजीनामा दिएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्न पुगेका झपट बोहरालाई कालो झण्डा देखाउँदै रावलनिकट कार्यकर्ता अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजीमै उत्रिएका थिए।

रावलसँगै टिकट नपाएपछि नेता घनश्याम भूसाल, प्रभु शाह, गंगा चौधरी, गंगाराम यादव र द्वारिकालाल चौधरीलगायतका नेताहरुले पार्टी परित्याग गरे। तर, भीम रावलले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनले आन्तरिक रुपमा भने चुनावसम्म एमालेमै रहेर ओलीले टिकट दिएका उम्मेदवारलाई पराजित गर्ने रणनीति अंगालेका छन्। 

उनले यही आशयमा सोमबार सामाजिक सञ्‍जाल ट्विटरमा पनि लेखेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme