15.2 C
New York
Monday, May 25, 2026

Buy now

spot_img
spot_img

मितेरीको ९औं वार्षिक साधारणसभा

- Advertisement -

पप्पु रेग्मी, सुरजपुरा । मितेरी कृषि सहकारी संस्था लि. प्रतापपुर ७ गुठी सुर्यपुरा पश्चिम नवलपरासीको ९औं वार्षिक साधारणसभा सोमवार सुर्यपुरामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश सदस्य देवकरण कलवार (सन्तु) काे प्रमुख अतिथ्यता रहेकाे थियाे ।

साधारणसभामा बाेल्दै प्रमुख अतिथी एवम प्रदेश सदस्य कलवारले ग्रामीण भेगका जनताहरुको आर्थिक क्रियाकलाप बलियो बनाउन सहकारी संस्था बलियो माध्यम रहेको बताउदै सहकारी संस्थाको अधिकांश साधारणसभाहरुमा रासायनिक मलहरुको उद्योग खोलिनुपर्ने माग आउने गरेकोमा रासायनिक मलको उद्योग स्थापना बारे आफुले जोडदार रुपमा आवाज उठाउदै आएको बताए ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि उमेशचन्द्र यादवले किसानलाई आर्थिक रुपमा सुदृढ बनाउन रोजगारी र व्यवसायमुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

साधारणसभामा अध्यक्ष चौधरीले अध्यक्षको प्रतिवेदन र व्यवस्थापक कृष्ण कुमार गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादव, प्रतापपुर बहुमुखी सहकारी संस्था बेलाटारीका अध्यक्ष मुक्तिनाथ पाण्डे, गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, लेखा समिती संयोजक निम नारायण चौधरी, पुर्व लाइजन अधिकृत विश्वबन्धु यादव लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।

साधारणसभामा जेष्ठ नागरिक सम्मान, असल बचतकर्ता सम्मान र बाल बचतकर्ताहरुलाई कदरपत्र सहित सम्मान गरिएको संस्थाका सचिव प्रकाश पण्डितले जानकारी दिनुभएको छ।

संस्थाले गत आ.व. मा ६ लाख १७ हजार शुद्ध नाफा गरेको जानकारी गराइएको थियो भने संस्थामा कुल १७४९ सेयर सदस्य आबद्ध रहेको संस्थाले बताएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme