12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गर्ने पक्राउ

- Advertisement -

काठमाडौं, ५ माघ
वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme