काठमाडौं, २६ मंसिर
ताप्लेजुङ, मरिङदेन गाउँपालिका-४ लिङ्तेप बस्ने ७२ वर्षीय धन प्रसाद हाङगाम लिम्बु सोही ठाउँ गैरी टोलस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मंसिर १८ गते आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका उनको खोजी गर्ने क्रममा उक्त बारीमा शव फेला परेको हो ।
अछाम, मंगलसेन नगरपालिका-११ खेमडा बस्ने कृष्ण भण्डारीकी छोरी १६ वर्षीया सिर्जना भण्डारी सोही नगरपालिका-१० मोसेडीस्थित पुरी जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । मंसिर २१ गते घरबाट हराई बेपत्ता भएकी उनको उक्त जगंलमा शव फेला परेको हो ।
नुवाकोट, बिदुर नगरपालिका-७ बस्ने ५० वर्षीय सन्त बहादुर गुरुङ सोही ठाउँस्थित त्रिशुली नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





