11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

राष्ट्रिय मा. वि. माकर बेतहानीको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

- Advertisement -

सरोज धिताल ।
बर्दघाट नगरपालिकाको वडा न.७ मा रहेको राष्ट्रिय मा.वि. माकर बेताहानीको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारुको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा श्रेष्ठले बाेल्दै, विद्यालयमा बालबालिका पठाएर अभिभावक घरमा चुप लागेर नबस्न अभिभावकलाई आग्रह गर्दै, अभिभावकहरू विद्यालयमा गएर शिक्षकसंग आफ्नाे बालबालिकाकाे गतिविधि बारे जानकारी लिनु पर्ने बताउनुभयो ।
विद्यालयको वार्षिक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले बिद्यालयमा गरिएका क्रियाकलाप तथा विद्यालयकाे शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
विद्यालयका विद्यार्थिहरुको चारितृक निर्माणाकालागी अध्यात्मिक कृयाकलापलाई निरन्तरता दिने बताउनुभयाे । कार्यक्रममा भूमिदाताको तर्फबाट वसन्त कुमार रेग्मीले बाेल्दै, यस विद्यालयलाई स्वर्गीय पिता बाबुराम रेग्मीले भूमिदान गरि आजको अवस्था देख्न पाउदा भूमिदाताको रुपमा आफुहरु गाैरवान्वित भएको बताउनुभयाे । उहाँले विद्यालयलाई थप उचाइमा पुर्याउन समाजसेवी, विद्यार्थी, अभिभावक र शिक्षक सबैजना एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियाे ।
अक्षयकोष दाताहरुको तर्फबाट सूर्यनाथ अधिकारीले अभिभावक तथा शिक्षकहरुलाई तन मन र बचनले एक जुट भएर विद्यार्थीरुपी कर्णधारहरुलाइ मुर्तरुप दिन सबैलाइ आग्रह गर्नुभयाे ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख लोकराज पन्थी, शिक्षक  भिमराज पङ्गेनी, शिक्षक गोबिन्द न्यौपाने, विद्यार्थी लगाएतले कार्यक्रममा बाेल्नुभएकाे थियो ।
कार्यक्रममा विद्यालयलाई सहयोग पुर्‍याउनु हुने  चन्दादाता, उत्कृष्ट शिक्षक, पूर्व विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगाएतलाई सम्मान गरिएको शिक्षक बाेल्गा नेपालले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme